काठमाडोँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको १६ नम्बर वडाका अध्यक्षले खोलामा फोहोर थुपारेको आरोप लगाएकी छन् ।


ADVERTISEMENT


फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग सिंहदरबारमा आयोजित छलफलका क्रममा मन्त्री झाँक्रीले वडाध्यक्ष मुकुन्द रिजालमाथि सो आरोप लगाएकी हुन् ।


ADVERTISEMENT

# # #


‘काठमाडौंबाट फोहोर सिसडोल नगएको धेरै भइसकेको थियो । काठमाडौको १६ नम्बरका वडा वडाध्यक्षले फोहोर उठाएको भन्नुभयो । उठाएको फोहोर कहाँ फाल्नुभयो त ? सिसडोलमा फोहोर फाल्न दिइएको थिएन । उहाँले वडाबाट फोहोर संकलन गरेर खोला किनारमा फाल्नुभएछ,’ उनले भनिन् ।

हुन पनि तीनदिन अघि काठमाडौँमा फोहोर व्यवस्थापन हुन नसकेको बेला वडाध्यक्ष रिजालले आफ्नो वडाको फोहोर आफैँ व्यवस्थापन गर्ने भन्दै आफ्ना वडाबाट फोहोर उठाएको फोटो फेसबुकमा हालेका थिए । १६ नम्बर वडाका सोह्रखुट्टेबाट शुरु गरेर कालधारा र सःसः गेटमा रहेको फोहोरलाई अल्पकालीन व्यवस्थापन गर्ने उनको दाबी थियो ।

यद्यपि फोहोर व्यवस्थापनका लागि उनको अभियान उक्त एकदिनमा नै सिमित भएको छ ।