काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५५ हजार मत कटाएका छन्। उनी अन्य प्रतीस्पर्धीभन्दा २० हजारभन्दा बढी फराकिलो मतान्तरका साथ अघि देखिएका छन् । पछिल्लो मतगणना अनुसार, साहले ५५ हजार ७४७ मत ल्याएका छन् ।


ADVERTISEMENT


उनलाई पछ्याउँदै गठबन्धनकी सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएकी छन् । नेकपा एमालेका केशव स्थापितको पक्षमा भने ३४ हजार ६२६ मत खसेको छ । यस्तै, कुल १० हजार ३२२ मतका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी चौथो स्थानमा पर्न सफल भएका छनु ।


ADVERTISEMENT

# # #


वैशाख ३० गते मतदान पश्चात थालिएको मतगणनाको आज १२ औं दिन हो । जारी मतगणनामा अझै १९ हजार ३२३ मत गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।