रौतहट– जिल्लाको राजपुर नगरपालिकामा नवनिर्वाचित मेयर डा मोराजीक अ‍ालमले गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने घोषणा गरेका छन् । नवनिर्वाचित नगर प्रमुख डा. मोराजीक अ‍ालमले कार्यभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका हुन्।


ADVERTISEMENT


आफैँ पनि चिकित्सक भएका कारण स्वास्थ्य सेवामा सबै नगरबासीको समान र सहज पहुँच अभिवृद्धि गर्ने अभिप्रायले स्वास्थ्य सेवामा जनताको व्यक्तिगत खर्च घटाउने, सबै भौगोलिक क्षेत्र, वर्ग, समुदायमा आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच बिस्तार गर्दै मातृ मृत्युदर घटाउने उद्देश्यले निशुल्क गर्भ जाँचको व्यवस्था गर्न लागिएको आलमको भनाई छ।


ADVERTISEMENT

# # #


त्यसको लागि तुरन्त अल्ट्रासाउण्ड मेसिन खरिद गर्दै दक्ष स्वास्थ्यकर्मीलाई समयमा तालिम दिई सेवा संचालन गर्ने उनको भनाई छ।