काठमाडौं – आज पनि वर्षाको सम्भावना प्रचुर मात्रामा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।


ADVERTISEMENT

# # #


आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।