काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। आइतबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगरसहित अधिकांश स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।


ADVERTISEMENT


५ महानगरपालिकासहित ५४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ।


ADVERTISEMENT

# # #


दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। नतिजा आउन बाँकीमा प्रदेश १ मा झापाका ५, मोरङका २, सुनसरीका ३ र उदयपुरका २ पालिका बाँकी छ।

यस्तै मधेश प्रदेशमा रौतहटका ७, बाराका ४, सप्तरीका ३, सिराहा र धनुषा २-२, महोत्तरी, सर्लाही र पर्साका १-१ पालिकामा अन्तिम नतिजा आउन बाँकी छ।

यस्तै बागमती प्रदेशका काठमाडौ, ललितपुर काभ्रे र चितवनमा १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। गण्डकी प्रदेशमा तनहुँ र पोखराका एक-एक पालिकामा नतिजा आउन बाँकी छ।

यस्तै लुम्बिनी प्रदेशमा ८ पालिकाको नतिजा आउन बाँकी हुँदा सुदूरपश्चिम प्रदेशमा ६ वटा पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।कर्णाली प्रदेशका सबै पालिकाको अन्तिम नतिजा आइसकेको छ।