काठमाडौँ – युवा क्रिकेटर नेपाली राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितलाई आईसीसी ओडीआई लिग–२ अन्तगर्तको अमेरिका र स्कटल्याण्ड सिरिजका लागि उपकप्तानमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


गत वर्षको कात्तिक/मंसिरमा नेपाली क्रिकेटमा आएको विवादपछि क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो । कप्तानमा सन्दीप लामिछाने नियुक्त गरिए पनि उपकप्तानको पद भने रिक्त थियो ।


ADVERTISEMENT

# # #


सन् २०२३ को एकदिवसीय विश्वकपको ढोकाका रुपमा रहेको ओडीआई लिग २को महत्वपूर्ण अमेरिका सिरिजअघि क्यानले उक्त पदमा रोहितलाई अघि सारेको हो । सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका १९ वर्षीय रोहित पछिल्लो समय उच्च लयमा रहेका छन् ।

दायाँ हाते ब्याट्सम्यान रोहितले नेपालका लागि १७ वटा एकदिवसीय खेलमा १ शतक र ४ अर्धशतकसहित ६३२ रन बनाएका छन् । उनले सन् २०१९ मा एकदिवसीय खेलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीको विश्वरेर्कड आफ्नो नाममा लेखाएका थिए । पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्ड तोडेका रोहितको रेकर्ड सन् २०२० मा नेपालकै कुशल मल्लले आफ्नो नाममा लेखाएका थिए ।

यस्तै रोहितले १६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा एक अर्धशतकसहित २०२० रन बनाएका छन् ।

ओडीओई लिग–२ अन्तर्गतको अमेरिका सिरिजमा नेपालले यही जुन ८ देखि १५ सम्म घरेलू टोली अमेरिका र ओमानसँग खेल्दैछ । त्यसलगत्तै नेपालले जुलाई १० देखि १७ सम्म घरेलू टोली स्कटल्याण्ड र नामिबियासँग भिड्नेछ ।

७ टोली रहेको ओडीआई लिग–२ मा प्रत्येक टोलीले एकआपसमा होम एन्ड अवेका आधारमा ३६ वटा एकदिवसीय खेल खेल्नेछन् ।

नेपाल हालसम्म १२ वटा खेल खेल्दै ६ जितसहित १२ अंकका सात छैटौँ स्थानमा रहेको छ । ओमानले ३२ खेलमा १९ जितसहित ४० अंकका साथ शीर्ष स्थानमा रहेको छ । अंकतालिकाका शीर्ष ३ टोलीले सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउने छन् ।

अमेरिका सिरिजका लागि नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आशिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मो. आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।