पर्सा – पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।


ADVERTISEMENT


महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।


ADVERTISEMENT

# # #


पर्सामा कूल १४ पालिका छन् । तीमध्ये केही पालिकाको मतपरिणाम यस्तो छ ः

बहुदर माई नगरपालिका

बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंगासन साह तेली निर्वाचित भएका छन् । तेलीले ६ हजार ४ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवप्रसाद पटेलले ५ हजार ६५८ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सुस्माकुमारी कुशवाहा निर्वाचित भइन् । ६ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सोनामती देवी यादवले ५ हजार ५२५ मत प्राप्त गरिन् ।

पोखरिया नगरपालिका

यस नगरपालिकाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी भएका छन् । चौहानले ५ हजार ३२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले ३ हजार १२१ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार रुवीकुमारी ठाकुर ५ हजार १९५ मतका साथ विजयी बनिन् । उनका निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३ हजार ९२९ मत प्राप्त गरिन् ।

विन्दवासिनी गाउँपालिका

विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी बनेका छन् ।

तिवारीले ४ हजार १४१ मत ल्याएर विजयी प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विवेक चौरसिया ३ हजार ४६८ मत हासिल गरे ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार ज्योतिदेवी चौरसिया विजयी भएकी छन् । चौरसियाले दुई हजार ३६६ मत ल्याएर विजयी बनिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गरिन् ।

पकहामैनपुर गाउँपालिका

यस गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेका उम्मेदवार सुरेशप्रसाद मेहता निर्वाचित भएका छन् । मेहताले ४ हजार ६८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले २ हजार ५२९ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित भएकी छन् । निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले १ हजार ८७२ मत प्राप्त गरिन् ।

जिराभवानी गाउँपालिका

जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित भएका छन् । चौधरीले चार हजार ५६० मत गरे। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रीत महतोले तीन हजार २९९ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी बनेकी छन् । चौधरीले ४ हजार ७१० मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषा देवी थरुनीले २ हजार ९६५ मत प्राप्त गरिन् ।