डडेल्धुरा – डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।


ADVERTISEMENT


कांग्रेसबाट मेयर पदका उम्मेदवार २८ वर्षीय भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । उनले नेकपा माओवादी केन्द्रका शेरसिंह माललाई एक सय बढि मतअन्तरले पराजित गर्दै विजयी भएका हुन्।


ADVERTISEMENT

# # #


जोशीले ५ हजार ९४१ ल्याउँदा माओवादी केन्द्रका मालले ५ हजार ८०५ मत पाएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव बोहराले २ हजार ६०६ मत मात्रै पाए ।

उपमेयरमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी विमला महतले कांग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन् । निर्वाचित महतले ५ हजार ८८५ मत ल्याउँदा कांग्रेस उम्मेदवार कलावती बोहराले ४ हजार ५९३ मत पाएको निर्वाचन अधिकृतले जनाए ।

परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा कांग्रेस विजयी भएको छ।

डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो। मेयरमा निर्वाचित जोशी कांग्रेसका नगरसभापतिसमेत हुन्