सल्यान – सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै माओवादीले दार्मामा क्लिनस्वीप गरेको हो ।


ADVERTISEMENT


अध्यक्षमा माओवादीका निम बहादुर केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन । उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएकी छन् । मल्लले १ हजार ४ सय ५२ मतले चन्दलाई पराजित गरेकी हुन ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा नं १ जितेको थियो । तर, यस पटक माओवादीले दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् ।