पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकामा एमाले विजयी भएको छ । एमाले उम्मेद्धार निवर्तमान पालिका उपाध्यक्ष समेत रहेकी सरस्वती चिदी अध्यक्ष पदमा विजयी भएकी हुन् ।


ADVERTISEMENT


अध्यक्ष चिदिले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #


पालिका उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गरे  ।

९ वडा रहेको बगनासकाली गाउँपालिकामा ६ वटामा नेकपा एमाले विजयी भएको छ भने ३ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बगनासकालीमा यस अघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन ।