चरीकोट– दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित भएका छन् ।


ADVERTISEMENT


थोकरले चार हजार ४४२ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार ७०३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले चार हजार १४७ मत प्राप्त हुँदा भने उनका प्रतिस्पर्धी कांग्रेसको भक्तबहादुर तामाङको पक्षमा दुई हजार १७५ मत खसेको छ ।


ADVERTISEMENT

# # #


सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा नं २, माओवादीले वडा नं ५ र ६ मा विजयी भएको छ । रासस