काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा आएको मतपरिणामका विषयमा पार्टीमा आवश्यक समिक्षा हुने बताएका छन् ।


ADVERTISEMENT


मदन–आश्रित स्मृति दिवसको अवसरमा सो पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरको कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनमा आएको मतपरिणामका विषयमा पार्टीमा र गठबन्धनमा आवश्यक समिक्षा हुने बताएका हुन् । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले निर्वाचनको परिणाम हेर्दा गठबन्धन दलका केही सदस्यहरुले सहकार्य गर्न नचाहेको तर्क गरे । अध्यक्ष नेपालले निर्वाचनको परिणाम जस्तो आएपनि आफ्नो पार्टी देश र जनताका लागि सदैव काम गर्ने धारणा राखे ।

कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएतले मदन–आश्रितको योगदानका बारेमा चर्चा गरेका थिए ।