काठमाडौँ – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले यस वर्षको मे दिवस देशव्यापी रुपमा मनाउने भएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिफन्टले नयाँ सामाजिक सम्झौताका लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादीत रोजगारी सहितको अर्थतन्त्र नाराका साथ यसबर्षको मे दिवस देशव्यापी रुपमा मनाउने जनाएको हो । औधोगीक करिडोरमा बढि घनत्व भएका काठमाडौंबाहेक ५० स्थानमा अन्तराष्ट्रि श्रमिक दिवस मनाउने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले अहिले पनि उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्थामा यस बर्ष पनि सुधार नदेखिएको बताए । २०८० साउन १ गतेबाट लागू भएको न्यूनतम पारिश्रमिक नदिने उद्योग प्रतिष्ठानको संख्या २१ दशमलव ७ प्रतिशत रहेको उनले बताए ।

उनले सामाजिक सुरक्षा कोषमा आवद्ध भए पनि ४५ दशमलव ९ प्रतिशत उद्योग प्रतिष्ठानले श्रमिकहरुको पुरानो उपदान र सञ्चयकोष आफैले उपयोग गरिरहेको पाइएकाले उल्लेख गरे ।

त्यस्तै दैनिक ८ घण्टा काममा लगाउनुपर्नेमा १२ घण्टासम्म पनि काममा लगाउदा अतिरिक्त समयको पारिश्रमिक नपाउने र श्रम शोषणले वैधानिकता पाउने प्रवृति बढेको जिफन्टले जनाएको छ ।