चितवन– भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धनकी रेणु दाहाललाई फराकिलो मतान्तरले उछिन्दै गएका छन् । हालसम्म गणक मतगणनाका अनुसार, सुवेदीले दाहालभन्दा १३० मत बढी प्राप्त गरेका छन् ।


ADVERTISEMENT


कडा प्रतिस्पर्धा भइरहेको सो पदमा सुवेदीले ३ हजार ९४४ मत हासिल गर्दा माओवादी केन्द्रकी दाहालले ३ हजार ८१४ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५७२ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार ४३१ मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन् ।