काठमाडौँ– काठमाडौं महानगरपालिकामा कोर एरियाको गणना शुरु भएसंगै स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) शाहको मत झनै फराकिलो हुदैँ गएको छ । साहले हालसम्मको मत परिणाममा अन्यको तुलनामा अग्रता कायम गरेका छन् । उनी ७ हजार १४१ मतसहित अग्र स्थानमा रहेका हुन् ।


ADVERTISEMENT


निर्वाचन आयोगका अनुसार उम्मेदवार साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ३ हजार ६५८ मतले अघि छन् । उम्मेदवार स्थापितले हालसम्म ३ हजार ४८३ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार १०९ मत प्राप्त गरेकी छिन् ।


ADVERTISEMENT

# # #


गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालिकामा अहिले १, २, ३, ४, ५, ३१ र ३२ वडाको मतगणना भएको छ । जसमा १ नम्बर वडाको मतपरिणाम आइसकेको छ ।