काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा कुल मतदाताका ५२ प्रतिशतले मात्रै मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


देशभर निर्वाचन सम्पन्नपश्चात आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक विवरण अनुसार काठमाडौँमा ५२ प्रतिशत मात्रै मतदान भएको र यसमा आयोग सन्तुष्ट नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘काठमाडौँ महानगरको मतदानको स्थिति यस्तो शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा स्पष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै पनि प्रारम्भिक अनुमान अनुसार ५२ प्रतिशत मात्रै मतदान भएको छ । यो त्यति सन्तोषजनक हामीलाई लागिराखेको छैन ।’

यद्दपी अहिले प्राप्त विवरण प्रारम्भिक भएको र भोलिसम्म बढ्नसक्ने विश्वास व्यक्त गरे । धेरै मतदाता भएका ठाउँमा कम मतदान हुँदा यसले देशभरको मतदानको प्रतिशतमा प्रभावित गरेको बताए । काठमाडौँ महानगरमा करिब ३ लाख मतदाता रहेका छन् ।