काठमाडौँ – स्थानीय तहको निर्वाचनको मतदान सम्पन्न भएको छ । शुक्रबार बिहान ७ बजेदेखि देशभर सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।


ADVERTISEMENT


निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको आयोगले जनाएको छ । प्रारम्भिक विवरण अनुसार देशभर कुल ६४ प्रतिशत मतदान भएको छ । यो संख्या बढ्न सक्ने आयोगको अनुमान छ ।


ADVERTISEMENT

# # #


प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । तनावका कारण १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । स्थगित भएका ठाउँमा छिटै पुनः मतदान गरिने र उक्त का नसकिएसम्म ती स्थानीय तहको मतगणना नगरिने आयोगले जनाएको छ ।

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् । यस्तै ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने छन् । यस्तै महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्य पनि निर्वाचित हुनेछन् ।

देशभर १ लाख ५३ हजार २२० उम्मेदवारले विभिन्न पदका लागि उम्मेदवारी दिएका थिए ।