म्याग्दी- जिल्लाको मालिका गाउँपालिका–४ र ५ मा १० रोपनी क्षेत्रफलमा लगाइएको लागुऔषध अफिमका बोट नष्ट गरिएको छ ।


ADVERTISEMENT


मालिका गाउँपालिका–४ सिस्नेरी खवाङ र वडा नं ५ को गाईखर्कमा प्रहरीले लागुऔषध अफिमका बोट नष्ट गरिएको हो । दुई ठाउँमा पाँच–पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएका म्यादी प्रहरीसहितको टोलीले अफिम नष्ट गरेको हो । स्थानीय तह चुनावको सुरक्षा गस्तीमा गएका प्रहरी टोलीले अफिमखेती भएको भेटेपछि नष्ट गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।