काठमाडाैं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र ईपीएस दुबै उल्लेख्य बढेको छ ।


ADVERTISEMENT


चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।


ADVERTISEMENT

# # #


समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २४.६४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८४.६३ प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ९० पैसा बढेर १११ रुपैयाँ ९७ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १९.८७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३०५ रुपैयाँ २२ पैसा रहेको छ ।