एजेन्सी – युक्रेनको इजियुम सहरमा एक भत्किएको संरचनाको भुइँतलामा ४४ जना युक्रेनीको शव फेला परेको छ।


ADVERTISEMENT


मार्चमा पाँचतलाको भवन रुसी गोलाबारीपछि भत्किएको थियो। भवनको ‘बेसमेन्ट’ मा त्यही भत्किएको भवनमा बस्ने नागरिक बास बसेका थिए।


ADVERTISEMENT

# # #


अहिले उद्दारकर्ता उक्त भत्किएको संरचना नजिक पुगेको बिबिसीले जनाएको छ। मृत्यु हुने सर्वसाधारण नागरिकको संख्या अझै बढ्न सक्ने बताइएको छ। भत्किएको भवनकै नजिक अर्को विस्फोटन भइरहेको छ।

इजियुम सहरका मेयरले बिबिसीलाई बताएअनुसार त्यहाँ अरू मानिसहरु पनि फसेका छन्। तलाशीको काम जारी छ। ‘हामी छिट्टै पीडितको अधिक संख्या थाहा पाउनेछौँ’, उनले भने।

इजियुम सहरको आधा हिस्सा अप्रिल १ देखि रुसी सैनिकको नियन्त्रणमा रहेको छ। यो भवन नियन्त्रित क्षेत्रमा नै रहेको छ।