काठमाडौं – नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा सय जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार विस्फोटन शुक्रबार भएको हो । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरे पनि हताहतको विवरण भने पूर्ण रुपमा दिएको छैन।


ADVERTISEMENT

# # #


पहिचान नखुल्ने गरी धेरै शवहरू भुइँमा छरपस्ट रहेको र ज्यान जोगाउन भागेकाहरु रुखका हाँगाहरुमा चढेका सञ्चार माध्यमले जनाएका छन् ।

नाइजेरियाका स्थानीय सञ्चार माध्यमले १०० जना भन्दा धेरैको मृत्यु भएको जनाएका छन् । यो तेल खानी नाइजेरियाका ठूला तेलखानी मध्ये एक रहेको जनाएका छन्। प्रहरीका अनुसार शुक्रबार अवैध तेल प्रशोधन केन्द्रमा बिस्फोट भएको थियो। जहाँ अपरेटर र उनका संरक्षक व्यापारको लागि भेला हुने गरेको जनाइएको छ ।