तनहुँ – तनहुँमा एक युवकको शव फेला परेको छ । मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।


ADVERTISEMENT


उनी शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबारदेखि हराइरहेका उनको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।


ADVERTISEMENT

# # #


मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।