काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठनबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आयोजना गरेको चुनावलक्षित विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन भत्काउनका लागि षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अहिले हाम्रो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुटेपछि के हालत हुने हो । अस्ति जस्तो हालत भयो नि, ओलीले मिलेर के हालत गरेका थिए हाम्रो पार्टीको । देशभर हाम्रा कति साथीहरु रोएका थिए ।’ भोलि पनि त्यही अवस्था आउन नदिन गठबन्धन जोगाउनु पर्ने देउवाको भनाई छ ।

अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको एक्लै बहुमत आउने सम्भावना नभएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले आशन्न स्थानीय निर्वाचनमा काँग्रेसले माग गरेजति सबै सिट नपाइने बताउँदै उनले भने, ‘गठबन्धन भनेपछि गिभ एन्ड टेक हुन्छ । तपाईंलाई सबै कुरा दिनलाई गठबन्धन बनेको होइन, उसले पनि केही पाउनका लागि गठबन्धन गरेको हो ।’

देउवाले थपे, ‘काँग्रेस ठूलो पार्टी हो, ठूलै पार्टी होस्, सानो पार्टी हामी पनि हुन पाउँ भनेका छन् उनीहरुले त । त्यो उनीहरुको अधिकार नै हो नि ।’