काठमाडौँ – गायिका सुशिला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ। यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्।


ADVERTISEMENT


गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड छन्। माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायाँकन र निर्देशनमा तयार पारिएको हो। आयाम पौडेलले लेखेका कथासहितको भिडियो गायिका बरालको च्यानल बराल अफिसिएलमार्फत सार्वजनिक भएको हो।


ADVERTISEMENT

# # #


संगीतकी विद्यार्थी समेत रहेकी गायिका बरालका यसअघि ‘जुनी जुनी’ ‘तिम्ले आँखाको इसाराले’ लगायातका गीतहरु सार्वजनिक भैसकेका छन् । म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। गायिका बरालले आफ्नो भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।