काठमाडौँ– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने ‘गल्ती नै हो’ भने हुने बताएका छन् । नेपाल विद्यार्थी(नेवि) संघ को ५४ को स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गठबन्धनको बारेमा बोल्दै उनले भने, ‘भागभन्डामा झगडामात्रै सधै झगडा हुन्छ । मलाई प्रधानमन्त्री बनाइदिनु भनेर मैले भनेकै होइन । सबै साथीले बन् की बन् भन्नु भो के गर्ने ?’ थप अघि बोल्दै उनले भने, ‘यसअघि हामी प्रतिनिधि सभादेखि सबै ठाउँमा हामी हारेको हा¥यौ हुन्थ्यौ । तर, अहिले वास्तवमा भन्ने हो भने गठबन्धनका कारण सबै ठाउँमा गठबन्धन मुख्यमन्त्री छ । यस्तै, अन्य ठाउँमा पनिे मुख्यमन्त्री हुने क्रममा छ । के बिगारे मैले ? कांग्रेसलाई सरकारमा ल्याउनु नै मेरो गल्ती हो भने मलाई गल्ती भने हुन्छ ।’


ADVERTISEMENT

# # #


हाल विपक्षी पार्टीले गठबन्धन टुटाउने षड्यन्त्र गरेको उनले आरोप समेत लगाएका छन् । ‘गठबन्धन टुट्ने बित्तिकै फेरि त्यही एमालेकै हाल हो’, देउवाले भने । उनले गाउँ–गाउँमा पार्टी बनाउन संघलाई अनुरोध समेत गरे ।

‘नेपाल अहिले पनि गाउँको देश हो । त्यसैले सदरमुकाममा पार्टी बनाएर केहि पनि हुदैँन, गाउँ–गाउँका स्कुलहरुमा अरुले बनाए । हामी चुप लागेर बस्यौँ । त्यसकारण गाउँका विद्यालयहरुमा युनिटी बनाउनुस्, स्कुलको युनियनमा जित्नुस्’, उनले भने ।