काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर दीपेन्द्रसिंह ऐरी बने टी–२० अन्तर्राष्ट्रिमा १ हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।


ADVERTISEMENT


दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यूगिनीविरुद्धको खेलमा उक्त उपलब्धी हात पारेका हुन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि सर्वाधिक टी–२० अन्तर्रासष्ट्रिय रन बनाएका दीपेन्द्रले ३९ खेलमा १ हजार रनको आँकडा पार गरेका हुन् । यसक्रममा उनले ४ अर्धशतक र १ अर्धशतक हानेका छन् ।

दीपेन्द्रले शनिबार मलेसियाविरुद्ध ११० रन हान्दै टी–२० अन्तर्राष्ट्रियमा व्यक्तिगत पहिलो र नेपालका लागि चौथो शतक हानेका थिए । नेपालका लागि टी–२० मा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पूर्वकप्तान पारस खड्का दोस्रो स्थानमा रहेका छन् ।

पारसले ३३ खेलमा १ शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका छन् । यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४० खेलमा १ शतक र १ अर्धशतकसहित ७४८ रन बनाउँदै तेस्रो स्थानमा रहेका छन् ।