काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले उपाधीका लागि पपुवा न्यूगिनी (पीएनजी)लाई १९६ रनको मध्यम लक्ष्य दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे । नटआउट रहेका उनले ३८ बलमा सर्वाधिक ५४ रन बनाए । त्यसक्रममा उनले ५ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नटआउद्ध ३३ रन बनाए । आशिफ शेखले २९ बलमा छक्कासहित २९ रन र कुशल भुर्तेलले २२ बलमा ५ चौकासहित २५ रन बनाएर आउट भए ।

मोहम्मद आदिल आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाएर आउट भए ।

पीएनजीका लागि सेमो कामियाले उत्कृष्ट ब्याटिङ गरे । चार ओभरमा १ मेडेन राख्दै ३८ रन खर्चिएर ३ विकेट लिए । उनले १२औँ ओभरमा एक रन पनि नदिएर नेपालका महत्वपूर्ण ३ विकेट चट्काएपछि पीएनजी खेलमा फर्किएको थियो । यस्तै चाद सोपर, काबुआ मोरिया, रिले हेकुरेले समान १–१ विकेट लिए ।

समूह चरणका दुबै खेलमा पीएननजीलाई हराएको नेपाल फाइनलमा पनि आफ्नो गतिलाई कायमै गर्दै ट्रफी घरमै राख्ने दाउमा रहेको छ ।

यता कीर्तिपुरमै २ खेलको एकदिवसीय सिरिज क्लिनस्पीप गरेको पीएनजी टी–२० सिरिज पनि जित्ने लक्ष्यमा रहेको छ ।

पीएनजी जवाफी ब्याटिङ गर्दैछ ।