काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरुमा भएको अतिक्रमण रोकन आफू प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरु सबै फिर्ता ल्याउने काम भइरहेको समेत मन्त्री आलेले जिकिर गरे । उनले सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा आफु खरो रुपमा उत्रिएको धारणा राखे । राम्रो काम गरेकाले नागरिकको साथ र सहयोग पाइरहेको भन्दै उनले सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई कदापि छुट नदिने बताए ।


ADVERTISEMENT

# # #


नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।