काठमाडौँ – सरकारले सार्वजनिक सवारी साधनमा १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


यससँगै आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहितको १० देखि १४ प्रतिशत बढाएर नयाँ भाडादर प्रकाशित गर्नेछ । नयाँ भाडादर २० गतेदेखि लागू हुने छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय इन्धनको मूल्य निरन्तर उकालो लागेसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन दबाब दिँदै आएका थिए । यस्तै अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन हुने मन्त्रालयले जनाएको छ ।