काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटिभीबाट प्रत्यक्ष निगरानी गर्ने भएको छ ।


ADVERTISEMENT


बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा सूचना अधिकारी शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहहरुमा अनुरोध गरिएको बताए ।


ADVERTISEMENT

# # #


पूर्ण विवरण प्राप्त नभए पनि धेरै स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए । कतिपय दुर्गम स्थानमा बिजुली, इन्टरनेटको सुविधा नपुगेकाले सबै मतगणना स्थलमा सीसीटिभी अनिवार्य नहुने बताए ।

उनले भने, ‘हामीले अहिले शतप्रतिशत अपेक्षा गरेका छैनौँ । तर, प्राय सबै मत गणनास्थलमा सीसीटिभी जडान गर्ने र आयोगले केन्द्रबाट निगरानी गर्ने सोच हो । सकारात्मक प्रतिक्रिाय प्राप्त भएको छ ।’

प्रवक्ता पौडेलले केही सम्भव भएसम्म मतदान केन्द्रमा समेत सीसीटिभी राखिने बताए ।

यस्तै आम मतदातालाई सूचना दिने उद्देश्यले आयोगले कल सेन्टर स्थापना गरेको छ । जस अनुसार पहिलो दिन ३१० र दोस्रो दिन २६१ मतदाताको जिज्ञासा सम्बोधन गरिएको छ । मतदाताले टोल फ्रि नम्बर ११०२ मा फोन गर्न सक्ने प्रवक्ता पौडेलले जनाए ।