काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला नेतृ डा आरजु राणा देउवाले पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम रहने बताएकी छिन्।


ADVERTISEMENT


बिहीबार धनगढीस्थित आफ्नै निवासमा नेपाल प्रेस युनियन कैलालीको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेतृ देउवाले जनताको म्याण्डेट सबै दल मिलेर अघि बढ्नुपर्ने भएकाले निर्वाचनसम्मै गठबन्धन कायम रहने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


‘एमाले मात्र छैन अरु पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो गठबन्धन गर्ने नगर्नेबारे बहस भएका छन् हामी निर्णय गरेरै गठबन्धन बनाएर चुनावमा जान्छौँ,’ उनले भनिन्।

उनले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन् । संविधानअनुसार तोकिएकै समयमा चुनाव हुन्छ चुनाव हुन्न भन्ने हल्लाका पछाडि लाग्नु हुन्न उनको भनाइ थियो ।

उनले स्थानीय तहको निर्वाचनका लागि वडा तहदेखि सिफारिसका आधारमा उम्मेदवार बनाईने भएकाले जनतामाझ लोकप्रिय, जनताका समस्या बुझेर सहयोग गर्ने र बढीभन्दा बढी मत ल्याउन सफल हुने योग्य व्यक्ति नै कांग्रेसको उम्मेदवार हुने बताईन्।

नेतृ देउवाले ३६४ दिन कांग्रेस हुनेहरुले भोट हाल्ने दिन ३६५ औँ दिनमा पनि कांग्रेसलाई भोट हाल्न आग्रह गरिन्। कांग्रेसकै नेतृत्वमा ठूला–ठूला परिवर्तन भएको दाबी गर्दै नेतृ देउवाले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि कांग्रेसकै पालामा भएकोले जनताले कांग्रेसलाई नै भोट दिनपर्ने बताइन्।

उनले सानातिना मनमुटाव एउटा घर, परिवारबीच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले कांग्रेसको आन्तरिक चुनावका मनमुटाव जनताका बीचको चुनावमा प्रकट नहुने विश्वास गरिन्।

नेतृ देउवालेआफूलाई कैलाली क्षेत्र नम्बर ५ का जनताले माया गरेरै २२ हजार बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि पनि यही चुनाव लड्ने बताएकी छिन् ।

‘म यहाँका जनतासँग भिजिसकेको छु त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मनपर्छ,’ उनले भनिन् ‘०७४ को चुनावमा तीनरचार दल मिलेर मलाई हराएका हुन् म हारेको होइन।पहिले पनि बर्दियालगायतका ठाउँमा लड्ने प्रचारित गरिएको थियो तर मैले धनगढी नै छानेँ । आफूलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीमै लड्छु।’ रासस