आज संसारभर नै ‘विश्व क्षयरोग दिवस’ मनाइँदै छ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले यस रोग पत्ता लगाएको सय वर्षपछि इन्टरनेशनल युनियन अगेनस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज(आईयुएटिएलडि) को सिफारिमा सन् १९८२ देखि नै प्रत्येक वर्ष यस दिनलाई क्षयरोग दिवसको रुपमा मनाउँदै आएको छ ।


ADVERTISEMENT


पछिल्लो पटक गरिएको तथ्यांकका अनुसार, विश्वमा झण्डै १ करोडको हाराहारीमा क्षयरोगका बिरामीहरु रहेका छन् । यस्तै, नेपालको सन्दर्भमा भन्ने हो भने वर्षेनी ६९ हजार नयाँ क्षयरोग बिरामी थपिन्छन्, भने तीमध्ये झण्डै २५ प्रतिशत(१६ हजार)बिरामीको मृत्यु हुने गरेको पाइएको छ ।


ADVERTISEMENT

# # #


यस तथ्यांकबाट पनि के पुष्टि हुन्छ भने नेपालमा अझै पनि क्षयरोग विभिन्न विकराल समस्यामध्ये एक हो । त्यसैमाथि पनि पनि कतिलाई अझैसम्म आफुलाई क्षयरोग भएको छ भन्ने ज्ञात नहुनु र उपचारको दायरामै नआउनु अर्काे प्रमुख समस्या हो । जसले सन् २०३० सम्म्मा नेपाललाई क्षयरोगमुक्त देश बनाउने सरकारको रणनीतिलाई नै चुनौती दिएको छ । उसोभए वास्तवमा क्षयरोग के हो त ? अनि यसको पहिचान कसरी गर्ने ?

क्षयरोग ‘क्षय’ र ‘रोग’ दुई शब्दको संयुक्त स्वरुप हो । जसमा ‘क्षय’ भन्नाले कमजोर हुने बुझिन्छ । अर्थात्, शरीर विस्तारै कमजोर हुनु वा सिकिस्त हुने अवस्था नै क्षय हो । र, यस्तो समस्या देखिएका व्यक्तिलाई नै हामी क्षयरोग लागेको भन्छौ । व्यक्तिमा देखिने यो रोग संक्रामक एवम् सरुवा रोग हो ।

चिकित्सा क्षेत्रअन्तर्गत ‘ट्युबरक्लोसिस’ भनिने यस रोगलाई भने जनबोलीको भाषामा भने ‘खपटे’ वा ‘सुकेनास’ पनि भनिन्छ । माइकोब्याक्टेरियम ट्यूबरक्लोसिस ब्याक्टेरियाको संक्रमणबाट हुने यस रोग व्यक्तिले खोक्दा श्वासप्रश्वासबाट (ड्रपलेस) फोक्सोमा सर्दै जान्छ ।

यसका लक्षणहरु

-लामो अवधिसम्म खोकि लाग्नु (दुई हप्ता वा सोभन्दा बढी
-बेलुकापख पसिना आउने खालको ज्वरो आउनु
-खानाप्रतिको रुचि घट्नु
-अत्याधिक तौल घट्नु

कसरी थाहा पाउने ?

यसका लागि सर्वप्रथम त हामीले शंका गरिएको बिरामी अन्य कुनै क्षयरोगीको सम्पर्कमा आए नआएको पत्ता लगाउनुपर्ने हुन्छ ।

यसका प्रकार

‘पल्मोनरी ट्युबरक्लोसिस’ र ‘एक्स्ट्रा पल्मोनरी ट्युबरक्लोसिस’ गरी यसको दुई प्रकार रहेका छन् । जसमध्ये ‘पल्मोनरी ट्युबरक्लोसिस’ शरीरको फोक्सोलाई संक्रमण गर्ने गर्छ भने, ‘एक्स्ट्रा पल्मोनरी ट्युबरक्लोसिस’ ले फोक्साभन्दा बाहिरका अंग प्रत्यंगलाई असर गर्छ । अधिकांश आम व्यक्तिको बुझाई क्षयरोगले फोक्सोमा मात्रै असर गर्छ भन्ने छ । तर, त्यो होइन । हालसम्म हामीले अनुभव गरेको आधारमा भन्ने हो भने, क्षयरोगले कपालबाहेक शरीरका प्रत्येक अंगप्रत्यगंलाई असर गर्छ । जस्तोः छाला, घाँटी, मस्तिष्क, आन्द्रा, हाड आदिको क्षयरोग ।

यस्तै, क्षयरोगको यसप्रकारले महिलाको फ्यालिपियन ट्युबमा पनि संक्रमण गर्ने हुदाँ त्यस्ता महिलामा बाँझोपनको समस्या देखिने सम्भावना प्रबल रहन्छ । सहज भाषामा क्षयरोगको यस प्रकारलाई हामीले कपालबाहेक अन्य सबै भागमा असर गर्ने क्षयरोग भनेर पनि बुझ्न सकिन्छ ।

कारणहरु

– संक्रमित व्यक्तिबाट क्षयरोगको किटाणु अन्य दोस्रो व्यक्तिमा सर्नु
– कुपोषण
– अन्य रोगको संक्रमणका प्रतिरक्षा प्रणाली कमजोर हुनु (जस्तो एचआईभीरएड्स, सुगरका कारण) ।

जोखिम समूह

माथि उल्लेख गरेजस्तै क्षयरोगको जोखिम सबैभन्दा बढी प्रतिरक्षा कमजोर भएका व्यक्तिहरुलाई हुन्छ । यो जुनसुकै उमेर समूहलाई पनि लाग्न सक्ने रोग हो ।

पछिल्लो अध्ययनले जनाएअनुसार, प्रतिरक्षा कमजोर भएकै कारण जेष्ठ नागरिकहरुमा पनि यसको जोखिम उच्च रहन्छ । यस्तै, यो रोगको संक्रमणले बालबालिकालाई पनि उत्तिकै सताएको देखिन्छ । तुलनात्मक रुपमा वयस्कमा भन्दा बच्चाहरुमा क्षयरोगको पहिचान गर्न गाह्रो हुने भएकाले कतिपय अवस्थामा उपचारका लागि ढिलो भइसकेका घटनाहरु पनि हामीमाझ प्रशस्त छन् । तसर्थ यो पनि क्षयरोग क्षेत्रअन्तर्गतको एक चुनौती हो ।

उपचार

निष्क्रिय र सक्रिय दुवै प्रकारका क्षयरोगको उपचार आवश्यक हुन्छ । निष्क्रिय क्षयरोगलाई छ महीनासम्म एकै प्रकारको औषधि खाएर निको पार्न सकिन्छ भने सक्रिय क्षयरोगलाई ३–४ थरीका औषधिहरु मिलाएर ६–९ महीनासम्म खाएर निको पार्न सकिन्छ । दिइएको पूरा मात्रा तोकिएको समयसम्म नियमित खाएपछि मात्रै क्षयरोग निको हुन्छ । कसैकसैमा औषधिलाई प्रतिरोध गर्ने क्षयरोगको विकास पनि हुन सक्दछ, जसलाई मल्टीड्रग रेजिष्टेन्ट टीबी वा एक्सटेन्डेड रेजिष्टेन्ट टीबी भनिन्छ । यस्तो क्षयरोगको उपचार गर्न निकै गाह्रो हुन्छ ।