विराटनगर – विराटनगरमा जारी तेस्रो गिरिजा प्रसाद कोईराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको दोस्रो दिनकोे खेलमा विभागीय टोली नेपाल आर्मी क्लब, सुदुर पश्चिम प्रदेश र लुम्बनी प्रदेश विजयी भएका छन् ।


ADVERTISEMENT


शहिद मैदानमा आज बिहान भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । आर्मीका लागि रोमन राना र प्रदिप राजवंशीले समान ४–४ गोल गरे । सुमित कुमार कामीले २ तथा राजेन्द्र कार्कीले एक गोल गरे । खेलको म्यान अफ द म्याच प्रदिप राजवंशी भए ।


ADVERTISEMENT

# # #


आज बिहान भएको अर्को खेलमा सुदुर पश्चिम प्रदेशले मधेश प्रदेशलाई ७–१ ले पराजित गरेको छ । सुदुर पश्चिम प्रदेशका लागि अमित ओझा र महेश नेपालीले समान २–२ गोल गरे । केशव राज जोशी, दिपक राज जोशी, सुरेश प्रसाद जोशीले एक–एक गोल गरे । मधेश प्रदेशका लागि रन्जन महतोले एक गोल गरे । खेलको म्यान अफ द म्याच सुदुर पश्चिम प्रदेशका गणेश ठगुना भए ।

आजै बेलुकी भएको तेस्रो खेलमा लुम्बनी प्रदेशले प्रदेश नम्बर एकलाई ४–१ ले पराजित गरेको छ । लुम्बनी प्रदेशका लागि सुरज कुमार घर्तीले सर्वाधिक २ गोल गरे । योगेश कुमार बारघरे र अदनान अन्सारीले समान एक–एक गोल गरे । प्रदेश नम्बर एकका लागि नरेश थापा मगरले एक गोल गरे । खेलको म्यान अफ द म्याच लुम्बनी प्रदेशका मोहम्मद शलमान शेख भए ।

प्रतियोगिता अन्र्तगत हिजो भएको पहिलो खेलमा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई १४–० गोल अन्तरले पराजित गरेको थियो । हिजो भएको दोस्रो खेलमा प्रदेश एकले मधेश प्रदेशलाई १–० गोल अन्तरले पराजित गरेको थियो । हिजो भएको तेस्रो खेलमा सुदुर पश्चिम प्रदेशले लुम्बनी प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल बागमती र गण्डकी, सुदुर पश्चिम र प्रदेश एक, लुम्बनी र मधेश प्रदेशबीच हुनेछ ।
चैत्र ८ देखी १२ सम्म हुने प्रतियोगितामा ६ प्रदेश र एक बिभागिय टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको समुह ए मा मधेश प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बनी प्रदेश र प्रदेश एक रहेका छन् । समुह बी मा नेपाल आर्मी क्लब, बागमती प्रदेश र गण्डकी प्रदेश रहेका छन् । समुह ए र बी का विजेता तथा उप–विजेताले सेमिफाईनलमा भिडने छन् । फाईनल खेल चैत्र १२ गते हुनेछ ।