काठमाडौँ– सिंहदरबार परिसरभित्र हेल्थ डेस्क सञ्चालनमा आएको छ । नेपालकै जेठो मानिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको समन्वयमा सात हजारभन्दा बढीको कार्यथलो रहेको सो कार्यालयभित्र हेल्थ डेस्क सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


कार्य अवधिको समयमा तत्काल स्वासथ्यमा देखिने समस्याका कारण कुनै पनि कर्मचारी आफ्नो काम छोडेर अस्पताल धाउन नपरोस् भन्ने उद्देश्यका साथ सो डेस्क पुनः सञ्चालनमा ल्याइएको हो । यसबाट सेवा लेनदेन गर्ने दुवै पक्षलाई फाइदा हुने अधिकारीहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्घाटन गरेको सो डेस्कमा सिंहदरबारभित्रका कर्मचारीहरु मात्रै नभएर त्यहाँ आउने सेवाग्राहीलाई समेत सेवा प्रदान गरिने जनाइएको छ । यसैगरि, समारोहबीच वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी शुभारम्भ गरे ।

यसअघि वि.सं २०७४ देखि सञ्चालनमा रहेको सिंहदरबार परिसरको हेल्थ डेस्क कोरोना महामारीका कारण बन्द भएको थियो । यद्यपि प्रधानमन्त्री कार्यालको अनुरोधमा सो हेल्थ डेस्क आइतबारबाट पुनः सञ्चालनमा आएको हो ।

 

वीर अस्पतालका दुई जना चिकित्सक र तीन जना स्वास्थ्यकमीले प्रदान गर्ने डेस्कमा अक्सिजनसहितको बेड, स्वास्थ्य परीक्षण, ब्लडप्रेसर, सुगर, ड्रेसिङ लगायतको जाँच गरिनुका साथै आफ्नै एम्बुलेन्स समेत रहनेछ ।