काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेसन सम्पन्न भईसकेको छ र नयाँ नेतृत्व पनि पाइसकेको छ । अहिले कांग्रेसका भातृ संगठनको नयाा नेतृत्व चयनले बजार तातेको छ ।


ADVERTISEMENT


गत फागुन ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन हुन नसकेका नेविसंघसहित १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठनको निर्णय गरेको थियो । कार्यसम्पादन बैठकले आवश्यक परामर्श गरी तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।


ADVERTISEMENT

# # #


सोही अनुसार काँग्रेसको युवा संगठन नेपाल तरुण दलको नेतृत्वमा आकांक्षीहरूको समेत चर्चा चुलिएको छ । त्यही चर्चाको शिखरमा छन् छिरीङ लामा । लामाले तरुण दलको नेतृत्व लिन आफूलाई बलियो दाबेदारको रुपमा प्रस्तुत गरेका छन् । यही विषयमा छलफलको लागि नेताहरुसँगको लविङमा छन् र सबै शीर्ष नेताहरु पनि लामा प्रति सकरात्मक रहेको बताइएको छ । तरुण दलका संस्थापक अध्यक्ष साथै तरुणहरुको धरोहर र हालका गृहमन्त्री बालकृष्ण खांण पनि नेतृत्वका दाबेदार लामाप्रति सकरात्मक रहेको स्रोतको दाबी छ ।

को हुन् छिरिङ लामा ?

लामा तरुणको शुरुवाती राजनीतिदेखि नै खाँण निकट मानिन्छन् । निरन्तर एक दशकभन्दा बढी तरुण दलमा रहेर काम गरिसकेका लामा कर्णाली प्रदेशका लोकप्रिय युवा नेता पनि हुन् ।

विकट हुम्ला जिल्लाको नेपाली कांग्रसको पुरानो पारिवारिक विरासतका साथ राजनीतिमा छिरेका उनी आज देशभरका युवाहरुमा लोकप्रिय र चिरपरिचित छन् । उनले तरुण पूर्वअध्यक्ष उदय शमसेर राणाको पालामा सक्रिय भूमिका निर्वाह गरी ४० भन्दा बढी जिल्लाको अधिवेशन गर्नमा प्रत्यक्ष सहयोग गरेको थिए ।

साथै वर्तमान अध्यक्ष जीतजंङ बस्नेत कार्यकालमा पनि उनको बलियो सक्रियता थियो । तरुण दलका सबै आन्दोलनमा उनी अग्रपंतिमा रहन्थे । उनले २०६४, २०७० तथा २०७४ को चुनावमा नेपाली कांग्रेस पार्टीलाई जिताउनमा पनि प्रभावकारी भूमिका निभाएका थिए ।

उनी आफ्नो राजनीतिक आर्दश वर्तमान पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई मान्छन् । उनकै नेतृत्वमा काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने लामाको दाबी छ । ‘अहिले भर्खर हामीले १४ औँ महाधिवेसन सफल गरी फेरी पनि सबल, सक्षम तथा अनुभवी नेतृत्व शेर बहादुर देउवालाई सभापति पाएका छौँ । उहाँ आफ्नो काममा देढ विश्वास राख्नुहुन्छ र स्पष्ट वक्ता हुनुहुन्छ ।’ उनले भने, ‘अबको आउँदो ३ तहकै निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत सहित जिताउने अभिभार पनि उहाँ हातमा छ । म मेरो राजनितिक जीवनको आदर्श नै शेर बहादुरलाई मान्छु ।’

उनले आफू तरुण दलको नेतृत्वका लागि सबैभन्दा बलियो दाबेदार रहेको बताए । उनले भने, ‘अब अहिले कांग्रेसका भातृ संगठनको नेतृत्व चयन तथा कमिटी निर्माणमा माहोल तातेको छ । नेपाल तरुल दलको नेतृत्वमा सबैभन्दा बलियो दावेदार म छिरीङ लामा हो ।’ उनले आफू नेतृत्वमा आए तरुण दललाई चलाएमान, बलियो, उर्जाशील तथा नेपाली कांग्रेसको मेरुदण्ड बनाउने बताए ।

लामाले भने, ‘अबको चुनाबमा सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेसले लिएको विकास र समृद्धिको नारालाई जनतामाझ पुर्याउन ७७ जिल्लामा नेपाली युवाहरुको ढुकढुकी तरुण दललाई अघि बढाउनेछु ।’

उनले अघि थपे, ‘म सभापति र अन्य नेतागणहरुको निर्णयमा पुर्ण आशावादी छु, तरुण दलको अबको नेतृत्वको जिम्मा मलाई नै दिनुहुनेछ । म पार्टी सभापतिको निर्णयको पखाईमा छु ।’