काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


थापाथली इञ्जिनीयरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उनले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका हुन् । ‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनु भएन, अहिलेको युग सुहाउँदो हुनुपर्छ’, उनले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिनुपर्छ ।’


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले देश सुरुङमार्ग, लिफ्टिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै पूर्वाधार निर्माणमा इञ्जिनीयरको बढी भूमिका हुने हुँदा यसप्रति गम्भीर हुन आग्रह गरे ।

यस वर्षदेखि देशका ४० बढी क्याम्पसको भौतिक संरचना बन्ने जानकारी दिदैं उनले कार्ययोजना, दक्षता, लगनशील, अनुशासन र ऊर्जाशील भए मात्रै नवीनतम नतिजा दिन सकिने बताए । रासस