काठमाडौँ– गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पीर’ को भिडियो युट्युबबाट हटाएका छन् ।


ADVERTISEMENT


नेकपा माओवादी (केन्द्र) र शसस्त्र युद्धसँग सम्बन्धित कथावस्तुमा समेटिएका केहि दृश्य आपत्तीजनक रहेको भन्दै एक समूहले त्यसको विरोध गरेपछि उनले सो विवास्पद भिडियो हटाएका हुन् ।


ADVERTISEMENT

# # #


त्यसको सट्टामा उनले सोहि भिडिओमा विवास्पद रहेको यौनकर्मीको दृश्य हटाएर अर्काे भिडियो अपलोड गरेका छन् ।

शनिवार पुनः अपलोड गरिएको भिडियोको लिंक सार्वजनिक गर्दै उनले सो विवादले धेरै कुरा सिकाएको बताए । सामाजिक सञ्जालमार्फत सार्वजनिक सो पोस्टमा उनले लेखेका छन्, ‘ सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यद्यपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ ।

यस्तै, अन्त्यमा उनले थप राजनीतकरण एवम् अतिरञ्जित नगर्न समेत आग्रह गरेका छन् ।

संसोधन गरिएका ‘पीर’ को नयाँ गीती भिडिओ