सल्यान– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियन सल्यानले सल्यान उद्योग वाणिज्य संघको सभाकक्षमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


अहिले पार्टी विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै डा. महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाउने बताएका छन् ।

‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गर्छौ’, प्रवक्ता महतले भने ।

उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए उनले भने, ‘जुन तहको हो उम्मेद्वारी हो , त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।’

कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसंग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरुले गरेका काम, तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिकबीच जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धतिको परिपाटि समेत सृजना गर्ने उनको भनाई छ ।

कार्यक्रममा कांग्रेस प्रवक्ता डा.महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरेका छन् ।