काठमाडौँ– कलाकार पुर्ण विक्रम शाह(पल शाह) लाई गैँडाकोट उपस्थित गराइएको छ ।


ADVERTISEMENT


कलाकार शाहविरुद्व पिडित पक्षले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालयमा गराएको दोस्रो उजुरीको अनुसन्धानका लागि उनलाई गैँडाकोट लगिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि जिल्ला प्रहरी कार्यालय, तनहुँको न्यायिक हिरासतमा रहदैँ आएका शाहलाई अनुसन्धानका लागि उपलब्ध गराइदिन भन्दै सोमबार नवलपरासी इलाका प्रहरी कार्यालयले तनहुँ प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

नेपाली सिने जगतका अभिनेता शाहविरुद्ध पिडित पक्षले गत फागुन ११ गते तनहुँमा पहिलो केश दर्ता गराएका थिए । उनीमाथि नाबालिगसंग पटक–पटक यौन सम्बन्ध स्थापित गरेको अभियोग लगाइएको छ ।

जसकारण गत १८ फागुनदेखि प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप आवश्यक अनुसन्धान थाल्न तनहुँका जिल्ला अदालतले आदेश दिएको छ ।