कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई आज उद्धार गरिएको छ ।


ADVERTISEMENT


नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई उद्धार गरेर राखिएको छ । राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनमा ‘दुई महिनादेखि महिला वन क्षेत्रमा अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि सेफ हाउसमा आवद्ध महिलाहरुले चौधरीको उद्धार गरेका हुन् ।


ADVERTISEMENT

# # #


सेफ हाउस सञ्चालन समितिका पदाधिकारी पुष्पा केसीले उक्त समाचार पढेपछि मात्रै महिला वन क्षेत्रमा अलपत्र अवस्थामा रहेको जानकारी पाइएको बताए ।

‘जानकारी पाएपछि उद्धार गरी सेफहाउसमा ल्याएर राखेका छौँ । यहाँबाट अल्पकालीन सेवा मात्रै दिइने भएकाले महिलालाई सुरक्षितरुपमा राख्नका लागि अन्य दातृ निकायले सञ्चालन गरेका सुरक्षित गृहमा पठाउने व्यवस्था मिलाउँदै छौँ’, उनले भनिन् । उद्धार गरिएकी महिला डिप्रेसनमा रहेकीले मनोविर्मशको समेत आवश्यकता रहेको उनले बताइन् ।

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुरले कुटपिट गरी बनमा लगेर अपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएकी र नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी थिइन् ।

वडाध्यक्ष दिलबहादुर बुढाले एक्लै महिला वन क्षेत्रमा तुसारोसमेत नछेक्ने झोपडीमा बस्ने गरेकोे देखेपछि वन छेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएका थिए । रासस