तनहुँ — नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा छन् । केहि दिन फरार रहेका कलाकार शाह आफैँले आइतबार प्रहरीसमक्ष आत्मसर्पपण गरेका हुन् ।


ADVERTISEMENT


यससंगै जिल्ला अदालतले उनलाई ७ दिनको न्यायिक हिरासतमा राख्न दिएको अनुमतिसंगै हाल उनीमाथि अनुसन्धान भइरहेको छ ।


ADVERTISEMENT

# # #


यद्यपि पलको पल–पलको खबर पाउन र उनलाई समर्थन गर्न उनका आफन्त, समर्थक, सञ्चारकर्मी एवम् युट्युब च्यानल सञ्चारकर्मीहरुको यतिबेला दमौलीमा बजारमा भने लर्काे लागेको छ ।

अहिले त्यहाँका अधिकांश होटलहरु समेत भरिएको होटल व्यवसायीहरु बताउँछन् । उनीहरु हाल बजार र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा दिनभर क्यामरा बोकेर पलको प्रत्येक खबर तथा सुचना सम्प्रेषण गर्नमा तल्लीन छन् ।

अनुसन्धान जारी रहेको बताउँदै जति सक्दो छिटो प्रक्रिया सकेर अदालतमा पेस गर्ने डीएसपी युवराज खड्काको भनाई छ । उनका अनुसार, शाहलाई भेट्ने भन्दै उनका आफन्त, समर्थक र युट्युबरहरूको दिनहुँ भीड लाग्न थालेपछि अहिले प्रहरी नै हैरान भएका छन् ।

सोमबार शाहको पक्षमा नाराबाजी नै भएको जानकारी दिदैँ उनले भने, ‘कार्यालय परिसरमा अनधिकृत प्रवेश रोक्न प्रहरीले जनशक्ति थपेको छ भने भीड छेक्न मंगलबारदेखि मूल गेट अगाडि बाँस, ब्यारिकेट र डोरी लगाएको छ ।’

आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई शाहसँग भेटका लागि प्रवेश नदिइएको उनले बताए ।