काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ । बुधवार एक ट्विट गर्दै विदेश मन्त्री ब्लिन्केनले आफुहरुबीच फोनवार्ता भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उक्त वार्तामा अमेरिका र नेपालबीच रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति आफूहरुको समर्थनबारे प्रधानमन्त्री देउवासँगछलफल भएको ट्विटमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यस्तै, उनले आफूहरु आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम समेत गर्ने उल्लेख गरेका छन् । यससंगै कोरोना भाइरसविरुद्ध लड्न र जलवायु परिवर्तनको प्रभावको विषयमा सहकार्य गर्न पनि छलफल भएको ब्लिन्केनले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच करिब १० मिनेट कुराकानी भएको थियो ।

यसैबीच नेपालले राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा भोट भोट हालेको छ । मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

परिषद सदस्य रहेको रूसका प्रतिनिधिले यस्तो छलफल जरूरी नरहेको बताएपछि प्रस्तावमाथि मतदान भएको हो । बहुमतले पारित भएको सो प्रस्तावमाथि बिहिबारदेखि छलफल शुरु हुने बताइएको छ ।