काठमाडौँ– महाशिवरात्रिको अवसरमा शिखर अर्गनाइजेशन अन्तर्गतको उपकार फाउण्डेशनले पशुपति क्षेत्रमा निःशुल्क भोजन वितरण गरेको छ ।


ADVERTISEMENT


वि.सं २०७१ सालदेखि लगातार प्रत्येक शिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन वितरण गर्दै आएको फाउण्डेशनले महाशिवरात्रीको अवसरमा यसपटक पनि दर्शनार्थीका लागि निशुल्क पानी, चिया तथा भोजनको व्यवस्था गरेको हो । वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त शिविरबाट मंगलबार मात्रै झण्डै २० हजार दर्शनार्थीले भोजन ग्रहण गरेको फाउण्डेशनका संयोजक लिलानाथ गौतमले बताए । ‘अन्य वर्षको तुलनामा यसपटक खाना विरण गर्ने अन्य स्टलहरुको कमी रहेको हुँदा यसपटक भोजन ग्रहण गर्ने दर्शनार्थीको चाप अत्याधिक छ’, उनले भने ।

महाशिवरात्रीका लागि भनेर ७७ जिल्लाबाटै आउने दर्शनार्थीका लागि खाना वितरण गर्नुपछाडि परोपकार सेवा बाहेक अन्य स्वार्थ नरहेको उनको भनाई छ ।