झापा – मोबाइल बिगारेको बिषयमा झगडा हुँदा आफ्नै श्रीमतीको हत्या गर्ने एक श्रीमान्लाई झापा प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


झापा भद्रपुर नगरपालिका १ लाहुरे चौक बस्ने वर्ष ३४ को अमर बहादुर तामाङलाई प्रहरीले श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


तामाङले आफ्नै श्रीमती ३४ वर्षकी अनिता लिम्बूलाई आफ्नै घरभित्र घाँटीमा चक्कु र शरिरमा ढुङ्गा प्रहार गरी मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा बताईएको छ ।

सोमबार घटनामा संलग्न तामाङलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको लास कानुनी प्रकृया पुरा गरी थप अनुसन्धानको लागि मेची अस्पताल भद्रपुर पठाइएको पनि झापा प्रहरीले जनाएको छ ।