काठमाडौं – नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिदै सोमबार राजदूत बेरीले भनेका छन्, ’हामीले नेपाली नेताहरूलाई धम्की दिएको भन्ने कुरा असत्य हो । हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह मात्र गरेका हौं ।’


ADVERTISEMENT

# # #


राजदूत बेरीले अगाडि भनेका छन्, एमसिसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र यो नेपाल एक्लैको निर्णय हो ।  नागरिक दैनिकबाट।