काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १८ हजार ६१८ जनाले पीसीआर तथा ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा ७६६ जना कोरोनाबाट निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १९ हजार ५७५ पुगेको छ । निको हुने दर ९१.४प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ९३ हजार ८२३ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९ लाख १२ हजार २९७ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४०१ रहेको छ ।