काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको खानेपानी यही वर्षभित्र काठमाडौँ ल्याउने दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमत्री देउवाले गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनालाई मर्मत गरेर यही वर्ष काठमाडौँ ल्याउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापना गर्ने कार्यायोजना कार्यान्वयनमा ल्याइ यस वर्षभित्रै मेलम्चीको पानी काठमाडौँमा वितरण गर्ने गरी कार्य अघि बढेको छ ।’