काठमाडौँ– फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षता पुनः भगवती चौधरीले नै सम्हाल्ने भएकी छन् । गत ३० पौषमा सम्पन्न संस्थाको ९ औँ साधारण सभापछिको बैठकले अध्यक्षको कार्यकालमा पुनः चौधरीलाई नै दोहोर्‍याउने निर्णय गरेको हो ।


ADVERTISEMENT


महिला आर्थिक सशक्तिकरणकी अभियान्ता एवम् पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीसहित संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्दै नयाँ सञ्चालकमा क्रमशः ग्रामीण महिला उत्सुकता विकास मञ्चकी राजकुमारी तब्दार, एभरेष्ट बैंकका आशुतोष शर्मा र केशवराज पौडेल चयन भएका थिए भने, सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने बलराम चौधरी र जगतजंग जि.सी. चयन भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, आर्थिक वर्ष २०७८÷०७९ का लागि लेखापरीक्षकमा किन्जल एण्ड एशोसियट्सलाई नियुक्त गरेको छ । वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा समेत गरेको छ ।