काठमाडौँ – पशुपतिस्थित भारतको सहयोगमा बनेको धर्मशालामा बतास समूहलाई होटेल सञ्चालन गर्न दिने गरी भएको सम्झौता रद्द गर्न छानबिन समितिले सुझाव दिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाउँदै नारायण सुवेदी नेतृत्वको छानविन समितिले उक्त सुझाव दिएको हो ।


ADVERTISEMENT


मन्त्रालयको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले कोषका कोषाध्यक्ष सुवेदीको अध्यक्षतामा गठन गरेको उक्त छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।


ADVERTISEMENT

# # #


अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको, सम्झौता विपरीत बेड संख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको छानविन समितिको ठहर छ ।

यस्तै स्वीकृतिविना संरचनाहरू थप गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएकाले सम्झौता रद्द गरिनु पर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

भारतले बनाइदिएको धर्मशाला बतास समूहले होटेल आनन्द सञ्चालन गरिरहेको खबर बाहिरिएसँगै चौतर्फी आलोचना भएका थियो ।