पत्रकारिताको व्यवशायिक यात्रा हिँड्दा हिँड्दै हिमालय पोष्ट छैठौं वर्षमा प्रवेश गरेको छ । २०७३ माघ १ गते देखि अनलाईन समाचार पत्रिकाका रूपमा सुरू भएर आज पाचौं बार्षिकोत्सव मनाईरहँदा हामी हाम्रा समस्त पाठक, बिज्ञापनदाता, सहकर्मी, सल्लाहकार, सुभेच्छुक सबैप्रति कृतज्ञ भएका छौं ।


ADVERTISEMENT


लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्टको सँकल्प नै व्यावसायिक धर्ममा ईमान्दार बन्दै आम पाठकहरूप्रति जिम्मेवार बन्ने हो । हामीले पाचौं वर्ष उत्सव मनाईरहँदा थप प्रण गरेका छौं कि आगामी यात्रामा हामी अझ परिस्कृत र झन जिम्मेवार बन्दै देश र जनताप्रति उत्तरदायी कर्ममा निरन्तर लाग्नेछौं ।


ADVERTISEMENT

# # #


पेशामा लामो अनुभव र पत्रकारिता बिषयको शैक्षिक योग्यता सँहालेका अब्बल हाम्रो सम्पूर्ण टिमले समाचार, सूचना र बिचारको प्रस्तुतीमा तमाम् पाठक महानुभावहरूलाई निरास बनाउने छैनौं ।

पत्रकारिताको पछिल्लो सशक्त अनलाईन माध्यमबाट हिमालयपोष्टले चाँडो, विश्वसनीय, सन्तुलित र सत्यपरक बिषयहरू पस्किरहेकै छ, यो कर्म अनवरत नै जारी रहनेछ ।

हामी लामो दौडको यात्रामा अघि बढिरहेका छौं, यो बेला सकारात्मक उर्जाका साथ समयको माग, देशको आवश्यकता अनि जनताको चाहना मुताबिक सबै हाम्रा सहयोगीहरूलाई सम्मान गर्दै कर्मको गोरेटो पछ्याईरहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

हाल हिमालय पोष्टका नेपाली र अंग्रेजी सँस्करणहरू पढ्न सकिन्छ । समयको माग अनुसार हामी अनलाईनको स्वरूप, विषयवस्तुको खोजी र प्रस्तुती तथा पत्रकारितामा अब्बल बन्नेगरी अझ परिस्कृत र झन जिम्मेवार रूपमा आउने तयारीमा समेत छौं ।

हिमालय पोष्टले सगरमाथाको यो देशबाट नेपाली मनको बिगुल फुकिरहनेछ बेथकान ।